मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

प्रधानसेनापतिले गरे बेलीब्रिज उद्घाटन र सडक आयोजना निरीक्षण

बिहीबार , जेठ ५ २०७९
प्रधानसेनापतिले गरे बेलीब्रिज उद्घाटन र सडक आयोजना निरीक्षण

काठमाडौं- नेपाली सेनाले बनाएको बेलीबृज उद्घाटन भएको छ। बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले माछाखोलामा बनेको बेलीब्रिज उद्घाटन गरेका हुन्। 

आव २०७३/७४ बाट निर्माण कार्य प्रारम्भ गरेको गोरखा जिल्लास्थित बेनीघाट(आरुघाट-लार्केभञ्‍ज्याङ सडक आयोजना (कुल लम्बाई ९२ किमि)अन्तर्गत माछा खोलामा बेलीब्रि बनेको हो। 

सेनापतिसँगै कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक शिवप्रसाद नेपाललगायतको उपस्थिति थियो। सेनापति शर्माले बेनीघाट-आरुघाट-लार्केभञ्‍ज्याङ सडक आयोजनाको निर्माणाधिन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण गरि आयोजनाको प्रगति विवरणलगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए। 

नेपाली सेनाद्वारा गरिएका यस प्रकारका विकास निर्माणका कार्यहरुले समग्र देश विकासमा टेवा पुर्‍याउनुका साथै नागरिक(सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ।

 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend