सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

 ११०० रुपैयाँमा वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
 ११०० रुपैयाँमा वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट 

नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जानकारी दिएको छ। 

काठमाडौं- इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुनेगरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जानकारी दिएको छ। 

यो प्याकेज अनुसार ग्राहकले एक महिनामा ११ सय रुपैयाँमा २०० एमबीपीएसको इन्टरनेट चलाउन पाउने भएका छन्। 

यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको कम्पनीले जानकारी दिएको छ। 

२०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेटटिभी बाहेकका सुविधा भने उपलब्ध हुने बताइएको छ । 

 

 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend