मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नेविको बिस्कुटको कारखाना सञ्चालनमा आयो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
नेविको बिस्कुटको कारखाना सञ्चालनमा आयो

काठमाडौँ- काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ।

गत साउन २३ गते  आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार (आज)बाट पुनः सञ्चालनमा आएको हो। बुधबार कम्पनीले पत्रकार सम्मेलन गरी  सञ्चालनमा आएको जानकारी दिएको हो। 

कारखाना सञ्चालनमा आएपनि पूर्णरुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीको भनाई छ। कम्पनीका प्रमुख कार्यकारी निर्देशक केशव भट्टराईले पहिलो चरणमा दैनिक १६ टन मात्रै उत्पादन गर्ने लक्ष्य रहेको बताए। 

उनले आगलागीका कारण मेसिन पूर्ण रुपमा ध्वस्त भएको कारण पहिलेको क्षमता भन्दा कम उत्पादन हुने बताए। यसअघि औषत दैनिक २० देखि २२ टन विस्कुट उत्पादन हुने गरेको थियो। आगलागीबाट अनुमानीत कुल २२ करोड रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जानकारी दिएको छ।

 


प्रकाशित : बुधबार, असोज ६ २०७८१३:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend