शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

पर्यटकलाई अनअराइभल भिसा खुल्यो, क्वारेन्टिनमा खुकुलो व्यवस्था

images
बुधबार, असोज ६ २०७८
images
पर्यटकलाई अनअराइभल भिसा खुल्यो, क्वारेन्टिनमा खुकुलो व्यवस्था

२०७६ फागुनदेखि अनअराइभल भिषा बन्द थियो। सरकारले विश्वभरी कोरोना संक्रमण पनि कम हुँदै गएको र खोपको मात्र पुरा गर्नेको संख्या बढेपछि सरकारले यस्तो निर्णय गरेको हो।

images
images

काठमाडौं- सरकारले नेपालमा घुमफिर गर्न आउन चाहने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरेको छ। अब नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै भिसा पाउने भएका छन्।

images
images
images

२०७६ फागुनदेखि अनअराइभल भिसा बन्द थियो। सरकारले विश्वभरी कोरोना संक्रमण पनि कम हुँदै गएको र खोपको मात्र पूरा गर्नेको संख्या बढेको भन्दै यस्तो निर्णय गरेको हो।

images
images

साथै सरकारले अबदेखि खोपको मात्र पूरा गरेर आए विदेशी पर्यटकले क्वारेन्टिन पनि बस्न नपर्ने निर्णय गरेको हो। केही विषयमा स्पष्टता आवश्यक परेका कारण निर्णय बिहीबार सार्वजनिक हुने गृह मन्त्रालय स्रोतले जानकारी दियो।

images
images

कोभिड सुरु हुनुअघि जुन–जुन मुलुकका नागरिकाले अनअराइल भिसामा नेपाल आउँथे, ती मुलुकका नागरिक अब अनअराइभल भिसामा आउन पाउने भएका हुन्। सरकारले ०७६ फागुनको अन्तिम सातादेखि पर्यटकलाई अनअराइभल भिसा दिन बन्द गरेको थियो। कोभिड फैलिन थालेपछि काम विशेषले आउने बाहेक विदेशी पर्यटक घुमफिरका लागि आउन ठप्प थियो। 

कोभिडको पहिलो लहर मत्थर भएपछि बिचमा पर्यटकले नेपाली दूतावासबाट भिसा लिएर नेपाल आउन दिइएको थियो। तर, बैशाखदेखि दोस्रो लहर फैलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय उडानसँगै पर्यटक आवागमन पनि बन्द गरेको थियो।
कोभिडको कहर कम हुँदै गएपछि सरकारले विदेशी पर्यटकको आवागमन सहज बनाउने निर्णय गरेको हो।

नेपाल प्रवेश गर्नका लागि पर्यटकले कोभिड विरुद्धको डबल डोज भ्याक्सिन लगाएको वा कोरोना नेगेटिभ देखिएको ७२ घण्टाभित्रको कागजात भने अनिवार्य देखाउनुपर्ने हुन्छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि खुला गर्ने निर्णय गरेको हो।


प्रकाशित : बुधबार, असोज ६ २०७८१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend