सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

प्लेस्टोरबाट ९ लाख एप्लिकेशन हटाउँदै गुगल 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ३ २०७९
प्लेस्टोरबाट ९ लाख एप्लिकेशन हटाउँदै गुगल 

पछिल्लो २ वर्षदेखि कुनै पनि अपडेट नभएका एपलाई हटाउनका लागि गुगलले तयारी गरिरहेको समाचारहरुमा उल्लेख गरिएको छ। 

काठमाडौं- गुगलले लाखौं एप्लिकेसन प्रयोगकर्ताको पहुँचबाट हटाउने भएको छ। 

प्रयोगकर्ताको सुरक्षामा चुनौति थप्ने भनेर पहिचान भएका यस्ता एपलाई तत्कालका लागि डाउलोड गर्न नमिल्ने बनाउन लागिएको गुगलले घोषणा गरेको छ। 

पछिल्लो २ वर्षदेखि कुनै पनि अपडेट नभएका एपलाई हटाउनका लागि गुगलले तयारी गरिरहेको समाचारहरुमा उल्लेख गरिएको छ। 

गुगल बाहेक एप्पलले पनि एपस्टोरबाट यस्ता एपलाई हटाउन लागेको छ।  तत्कालका लागि गुगलले ८ लाख ६९ हजार एपको पहिचान गरेको छ भने एप्पलले ६ लाख ५० हजार एप पहिचान गरेको छ। 

दुबै कम्पनीले यस्ता एप हटाउनुको मुख्य कारणका रुपमा प्रयोगकर्ताको सुरक्षा रहेको उल्लेख गरेका छन्। पुराना एपले सफ्टवेयरमा भएको अपडेट अनुसारको सुविधा दिन नसक्ने र सोही अनुसारको सुरक्षाका मापदण्ड पनि पूरा गर्न नसक्ने बताइएको छ। 


प्रकाशित : मंगलबार, जेठ ३ २०७९०४:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend