सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बुटवलमा डिशहोम फाइवरनेटको सोरुम

बुधबार, वैशाख २८ २०७९
बुटवलमा डिशहोम फाइवरनेटको सोरुम

काठमाडौं- डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण सोरुम सञ्चालनमा ल्याएको छ। नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी बैशाख २६  गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी र सेल्स अफिसर बिनोद सुबेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार  सेन को उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी ले रिवन काटेर शोरुम को उद्घाटन गरेका थिए।

कार्यक्रममा वोल्दै सेल्स म्यानेजर सुबेदीले ६ महिनाको छोटो अबधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजार भन्दा बढि ग्राहक रहेको र डिश होम फाइबर नेट प्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताएका थिए।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्स ले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ। अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक बिबेक गुप्ताले बताए।


प्रकाशित : बुधबार, वैशाख २८ २०७९०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend