सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

महिनौँपछि बल्ल बढ्न थाल्यो नेपाल टेलिकमको सेयर मूल्य, चुनावपछि बढ्ला कि घट्ला?

बिहीबार , वैशाख २९ २०७९
महिनौँपछि बल्ल बढ्न थाल्यो नेपाल टेलिकमको सेयर मूल्य, चुनावपछि बढ्ला कि घट्ला?

काठमाडौैं- लगातार घटिरहेको नेपाल टेलिकमको सेयर मूल्य बढ्न थालेको छ। लाभांशपछि लगातार घटिरहेको टेलिकमको सेयर मूल्य बढ्न थालेको हो। चुनाव नजिकिएको बेला टेलिकमको सेयरमूल्य बढ्न थालेको हो।  

टेलिकमको नयाँ साल २०७९ को पहिलो कारोबार नै घटेको थियो। अहिले टेलिमकको सेयर मूल्य बढेर १०५० रुपैयाँमा उक्लिएको छ। 

कम्पनीको सेयर मूल्य केही समय अगाडि बढेर १७९९.९० रुपैयाँसम्म पुगेको थियो भने घटेर ९३३.६० रुपैयाँसम्म आएको थियो। इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरे पनि सेयर मूल्य घटेको थियो।

ntc.PNG

ठूला लगानीकर्ताले सूचना चुहाएर सेयर मूल्य बढाउने र लाभांश घोषणापछि बिक्री गरेर बाहिरिदिँदा सेयर मूल्य लगातार घटिरहेको आरोपसमेत लागेको थियो। कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको आरोपसमेत विज्ञहरूले लगाएका थिए। पछिल्लो ५२ हप्तामा टेलिकमको ९ सय ३३ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो। 

तेस्रो त्रैमासिक अवधि (२०७८ चैत्र मसान्त) मा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार नाफा कमाएको टेलिकमले जनाएको छ। कम्पनीको चुक्ता पुँजी १७ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। 

कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले यसवर्ष पहिलो पटक सेयर लाभांश घोषणा गरेको हो। बजार पुँजीकरण १ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ। गत एक साता अगाडि २ खर्ब ५७ रुपैयाँ रहेको थियो।  


प्रकाशित : बिहीबार , वैशाख २९ २०७९०१:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend