शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

वैदिशक रोजगारीमा जाने सबैलाई अब अनलाइनबाटै अन्तिम श्रम स्वीकृति

मंगलबार, वैशाख २७ २०७९
वैदिशक रोजगारीमा जाने सबैलाई अब अनलाइनबाटै अन्तिम श्रम स्वीकृति
फाइल तस्बिर

काठमाडौं- सरकारले जेठ ६ गतेबाट वैदेशिक रोजगारीमा जाने युवाको अन्तिक श्रम स्वीकृति अनलाइनबाटै दिने भएको छ।

वैदिशक रोजगार विभाग अन्तर्गतका श्रम कार्यालयहरूबाट जारी भइरहेको अन्तिम श्रम स्वीकृति अब अनलाइनबाटै हुने जनाइएको छ।

श्रम कार्यालयबाट २०७८ माघ २ गते बाट पुनः श्रम स्वीकृति २०७९ वैशाख २ गतेबाट संस्थागत सम स्वीकृतिको काम अनलाइनबाट गर्दै आएको थियो। तर व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम भौतिक उपस्थितिमा भइरहेको थियो। उक्त काम पनि अब जेठ ६ गते शुक्रबारदेखि अनलाइनमार्फत नै हुने भएको हो।


प्रकाशित : मंगलबार, वैशाख २७ २०७९०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend