सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल टेलिकमका एमडीलाई सञ्चार सचिवले ट्विटरबाटै दिए निर्देशन 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २६ २०७९
नेपाल टेलिकमका एमडीलाई सञ्चार सचिवले ट्विटरबाटै दिए निर्देशन 

समस्या समाधानका लागि उनीहरुले टेलिकम व्यवस्थापनको ध्यानाकर्षण गराइएको जानकारी उपभोक्तालाई दिन्छन्। 

काठमाडौं- नेपाल टेलिकमको सेवा तथा गुणस्तरका बारेमा सार्वजनिक गुनासो उठ्ने कुरा नयाँ होइन। सेवाग्राहीले सामाजिक सञ्जालमा नेपाल टेलिकमलमई मेन्सन गरेर उपभोक्ताले आफ्नो समस्या व्यक्त गर्दै आएका छन्। 

सामाजिक सञ्जालमा उठेका प्रश्नका बारेमा टेलिकमले त्यही रेस्पोन्स नदिएपनि उत्तरदायी अधिकारीहरूले भने कहिलेकाही जवाफ दिन्छन्। विशेषगरी नेपाल टेलिकमको अध्यक्षसमेत हुने सञ्चार सचिवहरु जो सञ्जालमा सक्रिय हुन्छन् उनीहरुले यसरी जवाफ दिइरहेका हुन्छन्। 

समस्या समाधानका लागि उनीहरुले टेलिकम व्यवस्थापनको ध्यानाकर्षण गराइएको जानकारी उपभोक्तालाई दिन्छन्। 

तर आज त्यस्तो भएन। नेपाल टेलिकमका अध्यक्ष तथा सञ्चार सचिव वैकुन्ठ अर्यालले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको नाम नै उल्लेख गरी निर्देशन दिएका छन्। 

टेलिकमको सिमबाट भनेको समयमा फोन नलाग्ने समस्या रहेको गुनासोमा मेन्सन गर्दै सचिव अर्यालले पौडेललाई यस्तो समस्या पहिलेदेखि आएको र गम्भीरताका साथ लिएर समाधान गर्न निर्देशन दिएका छन्। 


प्रकाशित : सोमबार, वैशाख २६ २०७९१२:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend