सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले निर्वाचनको मौन अवधिमा 'बल्क एसएमएस' गर्न नपाउने

सोमबार, वैशाख २६ २०७९
दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले निर्वाचनको मौन अवधिमा 'बल्क एसएमएस' गर्न नपाउने

काठमाडौं- दूरसञ्चार सेवामार्फत निर्वाचनमा हुनसक्ने प्रभावलाई रोक्नका लागि निर्वाचन आयोगले बल्क एसएमएस रोक्न दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको छ।

प्रविधिको प्रयोगबाट निर्वाचनको निष्पक्षतामा आँच पुर्‍याउन सक्ने भन्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो। पछिल्लो समय सूचना प्रविधिको प्रयोग व्याप्त रहेको र यसले निर्वाचनको वातावरणमा प्रभाव पार्नसक्ने आयोगको बुझाइ छ। परम्परागत निर्वाचन आचारसंहिताबाट मात्र मर्यादित निर्वाचनको वातावरण नबन्ने आयोगको ठहर छ। 

निर्वाचनको समयमा सामाजिक सञ्जालदेखि इन्टरनेटसम्मलाई निर्वाचन आचारसंहिता अन्तर्गत आयोगले दूरसञ्चार सेवालाई पनि केन्द्रमा राखेको हो। 

विशेषगरी निर्वाचनको समयमा उम्मेद्वारहरूले बल्क म्यासेजको माध्यमबाट मतदातालाई प्रभावित पार्नसक्ने भन्दै आयोगले यस्तो निर्णय गरेको हो।

निश्चित क्षेत्रका मतदातालाई केन्द्रमा राखेर उम्मेद्वारहरूले मौन अवधिमा पनि प्रभावित पार्नसक्ने सम्भावना हुन्छ। 

निर्वाचनको मौन अवधि सुरू भएपछि पनि उम्मेद्वार तथा राजनीतिक दलले मतदातालाई म्यासेज गर्न सक्छन्। यसले तोकिएको आचारसंहिता विपरित काम गर्नसक्छ। यस्तो हुनसक्ने सम्भावना देखिएकाले यस्तो कार्य बन्द हुने व्यवस्था मिलाउने आयोगले प्राधिकरणलाई अनुरोध गरेको हो।
 
नेपालमा पाँच अंकको नम्बर निजी तथा व्यावसायिक बल्क एसएमएस सेवाका लागि दिने गरिएको छ। विभिन्न प्रबर्द्धनात्मक काममा यस्तो सेवा अहिले प्रचलनमा छ। यो सेवा राजनीतिक अभियानमा पनि उपयोग हुनसक्छ।

 


प्रकाशित : सोमबार, वैशाख २६ २०७९१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend