सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

'इनबिल्ट जीपीएस' भएको  रियलमी डिजो वाच प्रो नेपालमा आयो 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २५ २०७९
'इनबिल्ट जीपीएस' भएको  रियलमी डिजो वाच प्रो नेपालमा आयो 

एक पटक चार्ज गर्दा १४ दिनसम्म चलाउन सकिने डिजो वाच प्रो मा आफूलाई मनपर्ने १०० भन्दा धेरै कस्टम वाचफेस र वालपेपरहरु छनोट गर्न सकिनेछ।

काठमाडौं- रियलमीको नयाँ स्मार्टवाच नेपाली बजारमा भित्रिएको छ। 

पशुपति ट्रेडलिंक प्रालिले  रियलमीको 'डिजो' ब्राण्डको नयाँ स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि डिजो ब्राण्डको एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक कम्पनीले नेपाली बजारमा 'रियलमी डिजो वाच प्रो' स्मार्टवाच  सार्वजनिक गरेको हो। 

डिजो वाच प्रो मा प्रिमियम मापदण्डसहितका फिचरहरु राखिएको कम्पनीले दाबी गरेको छ। इनबिल्ट जीपीएस,जीपीएस प्लस ग्लोनास रहेको र विभिन्न सेन्सरहरु राखिएको हुँदा  हरेक फिटनेट कार्यको ट्र्याक स्याटेलाइटमार्फत गर्नसक्ने कम्पनीले जानकारी दिएको छ। 

एक पटक चार्ज गर्दा १४ दिनसम्म चलाउन सकिने डिजो वाच प्रो मा आफूलाई मनपर्ने १०० भन्दा धेरै कस्टम वाचफेसवालपेपरहरु छनोट गर्न सकिनेछ।


यो स्मार्टवाच नेपालका अनलाइन तथा अफलाइन बजारहरूमा देशभर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार  नेपाली बजारमा यसको मूल्य ७ हजार ९९० रुपैयाँ रहेको छ। 


प्रकाशित : आइतबार, वैशाख २५ २०७९११:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend