सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टेलिकमले सार्वजनिक गर्‍यो निर्वाचन अफर, कुन सेवाको कति शुल्क?

शनिबार, वैशाख २४ २०७९
टेलिकमले सार्वजनिक गर्‍यो निर्वाचन अफर, कुन सेवाको कति शुल्क?

काठमाडौं- नेपाल टेलिकमले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अफर सार्वजनिक गरेको छ। कम्पनीले २५ गते  आइतबारबाट जेठ ४ गतेसम्म लागु हुने गरी अफर सार्वजनिक गरेको हो।

टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर सार्वजनिक गरेको हो।  टेलिकमले  ९८ रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी अफर सार्वजनिक गरेको छ।

कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने भएको छ। 

टेकिलमले ३ दिन सम्म  सबै नेटवर्कमा २ सय मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक ९८ रुपैयाँमा मै उपलब्ध गराउने भएको छ। यसैगरी ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३ सय वटा एसएमएस सहितको ३ सय एसएमएस प्याक पनि  ९८ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ। त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक ९८ मा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।


प्रकाशित : शनिबार, वैशाख २४ २०७९०८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend