सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

इन्टरनेट सेवाप्रदायकले पाउने भए विदेशी मुद्राको सिफारिस 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २० २०७९
इन्टरनेट सेवाप्रदायकले पाउने भए  विदेशी मुद्राको सिफारिस 

पछिल्लो नौ महिनादेखि यस्तो सुविधा नपाउँदा नेपाली बजारमा इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको भन्दै सेवाप्रदायकले सरकारलाई चेतावनी दिएका थिए। 

काठमाडौं- इन्टरनेट सेवा प्रदायकहरूले विदेशी मुद्राको सटही सुविधापाउने भएका छन्। 

पछिल्लो नौ महिनादेखि यस्तो सुविधा नपाउँदा नेपाली बजारमा इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको भन्दै सेवाप्रदायकले सरकारलाई चेतावनी दिएका थिए। 

सेवाप्रदायकको यस्तव चेतावनीपछि निर्वाचनको समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने भन्दै निर्वाचन आयोगलेसमेत चासो दिएको थियो। चौतर्फि चासोपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सिफारिस दिन सहमत भएको हो। 

इन्टरनेट सेवाप्रदायक  एसोसिएसनको टोलीसँग सोमबार भएको छलफलमा मन्त्री ज्ञानेन्द्र कार्कीले सिफारिस दिन तयार रहेको तथा अन्य प्रक्रियामा पनि सहजीकरण गर्न तयार रहेको बताएका हुन्। 

'छलफलका क्रमाम मन्त्रीज्यूले सिफारिस दिने र अरु समस्या पनि समाधानका लागि कुनै पनि कसर बाँकी नराखिने बताउनुभएको छ। इन्टरनेट सेवाको निरन्तरताका लागि सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो' भेटमा सहभागी इन्टरनेट सेवाप्रदायक एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले भने। 

गएको छ महिनादेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीको सिफारिस नदिँदा अपस्ट्रिम प्रोभाइडरलाई शुल्क तिर्न नसकिएको सेवाप्रदायकले बताएका थिए। 

 


प्रकाशित : मंगलबार, वैशाख २० २०७९०६:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend