सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सूचना तथा सञ्चार प्रविधि दिवसमा टेलिकमले ल्यायो अफर योजना

शनिबार, वैशाख १७ २०७९
सूचना तथा सञ्चार प्रविधि दिवसमा टेलिकमले ल्यायो अफर योजना

काठमाडौं- नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसर ग्राहकलाई सेवामा अफर दिने भएको छ। मे २ तारिकमा चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस­२०७९ मनाइदै छ।

सोही अवसरमा टेलिकमले वैशाख १८ गतेदेखि २४ गतेसम्म लागू हुने गरी अफर ल्याएको हो। टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको छ। 

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याकको जम्मा ९८ रुपैयाँ र २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ९९ मा उपलब्ध हुंदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित ४९ रुपैयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ। 

यसका साथै २ सयदेखि ४ सय ९९ रुपैयाँ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५ सय रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराउने टेलिलकले जनाएको छ।


प्रकाशित : शनिबार, वैशाख १७ २०७९०९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend