सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १४ २०७९
फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त

काठमाडौं- नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन्।

फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागु हुनेगरि सापकोटालाई सिइओको रुपमा नियुक्त गरेको हो। सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए। 

सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए।

उनले यसअघि नेपाल क्लियरिङ्क हाउसमा आबद्ध रहेका थिए। एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ। आइटी देखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको छ। 


प्रकाशित : बुधबार, वैशाख १४ २०७९१३:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend