सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कुलमानले स्वीकारे- उद्योगमा केही समय लोडसेडिङ हुन्छ 

बुधबार, वैशाख १४ २०७९
कुलमानले स्वीकारे- उद्योगमा केही समय लोडसेडिङ हुन्छ 

पुस, माघ र फागनुमा एभरेज ३ रुपैयाँ ५० पैसा हराहारीमा गरेका हाैं।

काठमाडाैं- अहिले नसाेचेकाे क्राइसिस आउदा विश्वभर ईनर्जीमा समस्या आएकाे हाे। यसपटक भारतमा मार्चबाटै सुरु भयाे। डिमान्ड बढ्यने १ लाख ८० हजार मेगावाटबाट २ लाख पुग्नु। काेइलाकाे  सर्टेज हुदै महंगाे भयाे। सप्लाईमै समस्या आयाे। रसियाबाट आउने काेइला ग्यास सवै ठप्प भयाे। काेइलाकाे मूल्य ४ गुणा बढ्याे।

सप्लाई गरेकाे काेइला पनि गन्तव्यमा पुर्याउन सप्लाइचेन नै सफल हुन सकेकाे छैन। यसले गर्दा भारतमा उर्जा उत्पादनमा ठूलाे समस्या देखा पर्याे। एक्सचेञ्ज मार्केट हुने ९६ वटा प्लगमा २० हजार मेगावाट सप्लाइ हुने गर्दथ्याे। ४५ कराेड युनिटकाे माग हुँदा अहिले सप्लाइ ८ कराेड मात्रै भइरहेकाे छ।

अहिले १२ रुपैयाँमा काेर्ट छ। सबैले एउटै रेट बिड गर्दा सबैलाई समान रुपमन बाँडेकाे छ। जसका कारण ५ सय मेगावाट माग्नेले ७० मेगावाट मात्रै बिजुली मागेकाे छ। हाम्राे काेटा ५ सय मेगावाट काेर्ट गर्न पाउँछाै जुन काेर्ट गर्दा ९० मेगावाट पनि आएकाे छैन। 

याे क्राइसिस अझै ३ महिना जाने अनुमान गरिएकाे छ। नेपालमा भारतले आयता गरेकाे बिजुली मात्रै दिने गर्दछ। भारतमा २५ दिनकाे स्टक काेइला रहने गरेकाे थियाे। अहिले ९ दिन पनि छैन। १५ प्रतिशत प्लान्टमा २ दिनकाे मात्रै स्टक रहकाे छ। भारतका १४ राज्यका उद्योगमा ५० प्रतिशत उर्जा कटाैति गरिएकाे छ। नेपालमा एभरेजमा ३ सय मेगावाट नपुग्ने हाे। यति आउदा समस्या थिएन। अहिले भएकाे समस्या यहिँ हाे। 

अहिले पिक डिमान्ड ४ सय मेगावाट माग बढेकाे छ। अहिले हरेक दिनकाे डिमान्ड ३ कराेड ५० लाख युनिट बिजुली रहेकाे छ। अहिले ८ महिनामा ६ सय मेगावाट थप बिजुली दिने सम्झाैता गरेका छाैं।

चैतमा उत्पादन बढेकाे थियाे। अहिले बैशाखमा भने उत्पादनमा समान्य घटेकाे छ। १५० मेगावाट घटेकाे छ। जसका कारण अहिले हामीलाई समस्या आएकाे छ। पिकमा १४ सय मेगावाट बिजुली दिइरहेका छाैँ। हामीलाई २० देखि २५ प्रतिशत नपुग्ने साे सप्लाइ आयातबाट गरेका थियाैं।

आयातमा समस्या आएपछि यता उद्योगमा समस्या भएकाे हाे। हामीलाई अहिले ६ रुपैयाँ ५० पैसा र एक्सचेञ्जमा ४५० मेगावाटसम्म पाउने व्यवस्था रहेकाे थियाे। जसमा हामीलाई सजिलाे भएकाे थियाे। उर्जासंकट भएपछि दुइपक्षीय सम्झाैताकाे बिजुल‌ी बन्द गरेपछि अनिवार्य एक्सचेञ्ज जानुपर्ने भएकाे थियाे। अहिले एक्सचेञ्जमा समस्या आएपछि नेपाल आयात गर्न समस्या भएकाे हाे। अब एक महिना समस्या हुने देखिएकाे छ।

अब नेपालकाे उत्पादन बढ्दै जान्छ। २२ सय मेगावाट उत्पादन हुनेछ। अहिले उद्योगमा केही समय बिजुली उत्पादन कटाैति गर्नुपर्ने भएकाेछ। गत वर्ष ८ सय मेगावाट बिजुली उत्पादन आयाता गरेका थियाै। अहिले तामाकाेशी आएपछि ३ सय मेगावाट आयातमा झरेकाे छ। 

मूल्य महँगाे परेकाे छ। तर महँगाे भयाे भन्दैमा नकिनेकाे हाेइन। एक्सचेञ्ज मार्केटमा नपाएका हाैं। अहिले १२ रुपैयाँमा खरिद गरिरहेका छाैं। 

पुसदेखि मात्रै आयात गरेका हाैं। पुसमा एभरेल मूल्य ३ रुपैयाँभन्दा कम थियाे। एभरेज ६ रुपैयाँ १८ पैसाभन्दा बढीमा बिड नगर्ने गरेका थियाैं। पुस, माघ र फागनुमा एभरेज ३ रुपैयाँ ५० पैसा हराहारीमा गरेका हाैं। हामीले ९९ पैसामा पनि बिजुली आयात गरेका थियाैं। प्राधिकरणले चैतमा मात्रै आयात बिजुलीमा महँगो परेकाे हाे। चैतसम्ममा ४ रुपैयाँ ५० पैसा प्रतियुनिट परेकाे छ। अहिले बैशाखमा एभरेज ५ रुपैया  २० पैसा मात्रै परेकाे छ। 

(विद्युत प्राधिकरणमा भएको कार्यक्रममा कुलमानले राखेकाे धारण)


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend