सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल आयात प्रतिबन्ध 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १४ २०७९
६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल आयात प्रतिबन्ध 

तर यो निर्णय कुटनीतिक नियोगका हकमा भने लागू हुने छैन। 

काठमाडौं- सरकारले असार मसान्तसम्मका लागि मोबाइल आयातमा पनि रोक लगाएको छ। 

६ सय अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने मोबाइलको आयातमा रोक लगाउने निर्णय सरकारले गरेको छ। 

महंगा मोबाइलको आयात धेरै हुँदा विदेशी मुद्रा बाहिरिएको भन्दै सरकारले यस्ता मोबाइल सेटको आयातमा रोक लगाउने निर्णय गरेको छ। यो आयात असार मसान्तसम्म मात्र लागू हुने छ। 

तर यो निर्णय कुटनीतिक नियोगका हकमा भने लागू हुने छैन। 

छ सय अमेरिकी डलरभन्दाबढी मूल्यका मोबाइल एप्पल,सामसङ, साओमी लगायतका कम्पनीले यस्तो मूल्यका मोबाइल आयात गर्दै आएका छन्। सरकारले ल्यापटपको आयातमा भने कुनै रोकतोक लगाएको छैन। 

तर वैशाख १३ अघि एलसी खोलिएका मोबाइल भने आयातमा कुनै रोक लाग्ने छैन। ब


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०४:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend