मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

इसेवा मनी ट्रान्स्फरको अफर- चाड पर्वको बहार, दिनदिनै उपहार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ५ २०७८
इसेवा मनी ट्रान्स्फरको अफर- चाड पर्वको बहार, दिनदिनै उपहार

योजनामा ६० जनाले मिक्सर,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टिभि र एक जनाले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्नेछन्। योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौं- इसेवा मनि ट्रान्स्फरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’योजना सार्बजनिक गरेको छ । 

योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फर मार्फत् रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एकजना विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभि तथा  बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्नेछन्। 

यो योजनामा सहभागी हुन २ सय भन्दा बढी मुलुकबाट इसेवा मनि ट्रान्स्फर मार्फत् रेमिट्यान्स् पठाउनुपर्नेछ । यस्तै इसेवा मनीका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्क मार्फत् आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ । 

योजनामा ६० जनाले मिक्सर,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टिभि र एक जनाले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्नेछन्। योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : मंगलबार, असोज ५ २०७८१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend