सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल टेलिकमले एक वर्षका लागि सदर चिडियाखानाका जनावर तथा पन्छीको आहारा प्रायोजन गर्ने

आइतबार, वैशाख ११ २०७९
नेपाल टेलिकमले एक वर्षका लागि सदर चिडियाखानाका जनावर तथा पन्छीको आहारा प्रायोजन गर्ने

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। 

काठमाडौं (वैशाख ११)- एक वर्षसम्म नेपाल टेलिकमले चिडियाखानाका जनावर तथा पन्छीका लागि दाना खर्च उठाउने भएको छ। 

टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरुको लागि १ वर्षसम्म आहाराको प्रायोजन गरेको छ। 

टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका थिए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। 

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताइन्। 

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकहरुको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिए।

सम्झौता अनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ। 


प्रकाशित : आइतबार, वैशाख ११ २०७९११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend