मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

इन्टरनेट शुल्क बढ्नुको मुख्य जिम्मेवार प्राधिकरण भएको क्यानको ठहर

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ५ २०७८
इन्टरनेट शुल्क बढ्नुको मुख्य जिम्मेवार प्राधिकरण भएको क्यानको ठहर

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवाको शुल्क बढ्नु दुखद भएको कम्प्युटर एसोसिएसन महासंघ (क्यान) ले ठहर गर्दै विरोध गरेको छ। 

इन्टरनेट सेवा प्रदायकवाट प्रदान भैरहेको इन्टरनेटको शुल्क बढ्नेरबढाउने प्रयासप्रति क्यान महासंघको ध्यानाकर्षण सेवा दिएको छ। 

क्यान महासंघ र ईन्टरनेट सेवा प्रदायक संघले विगतका निति तथा कार्यक्रम तथा बजेटमा बारम्बार दिएको सुझाव विपरित सरकारी निकायकै गतिविधिका कारण पुर्वाधारको लागत ईन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक १ सय पचास देखि ३ सयसम्म शुल्क बढ्नु राम्रो पक्ष नहुने ठहर क्यानले गरेको छ। 

निजि(सरकारी साझेदारीमा शुरुवात भएको इन्टरनेट सेवा तथा इन्टरनेट सेवालाई देशभर पुर्याउन निजि क्षेत्रको अर्बौंको लगानी भइसकेपछि सरकारी निकायले ध्यान नदिनु दुर्भाग्य भएको समेत क्यानले जनाएको छ। 

कोभिड–१९ जस्तो महामारीको परिस्थितिमा पनि बैंकिङ कारोबार, शैक्षिक क्षेत्र, स्वास्थ्य सेवा ठूला उद्योगधन्दा लगायतका अर्थतन्त्रसंग सम्बन्धित क्षेत्रहरु इण्टरनेटकै कारण चलायमान बनाएको समयमा शुल्क बढ्न नहुने क्यानको भनाइ छ। 

 


प्रकाशित : मंगलबार, असोज ५ २०७८०८:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend