मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

निमार्ण व्यवसायीले घोषणा : आइतबारदेखि निर्माण होलिडे

शनिबार, वैशाख १० २०७९
निमार्ण व्यवसायीले घोषणा : आइतबारदेखि निर्माण होलिडे

निर्माण व्यवसायीहरुले भोली बैशाख ११ गते आइतबारदेखि अत्यावश्यक काम बाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी कन्स्ट्रक्सन होलिडे गर्ने भएका छन्।

काठमाडौं- निर्माण व्यवसायीहरुले भोली बैशाख ११ गते आइतबारदेखि अत्यावश्यक काम बाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी कन्स्ट्रक्सन होलिडे गर्ने भएका छन्।

विभिन्न निर्माण सामाग्रीहरुमा अप्रत्यासित रुपमा अत्याधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धि नियन्त्रण नभएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरुले आइतबारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी कन्स्ट्रक्सन होलिडे गर्ने भएका हुन्।

शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मलेन गरी मूल्य समायोजन मार्गदर्शन नम्बर २ तत्काल जारी गर्न पटक पटक आग्रह गर्दा समेत सरकारले सम्बोधन नगरेपछि बाध्य भएर सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलनमा जानु परेको बताएका छन्।

महासंघका अध्यक्ष रवि सिंहले विदेशी मुद्राको अभावले गर्दा निर्माण सामाग्री आयात गर्न समस्या भएको साथै बैंकहरुले पनि लगानी नगरिरहेको कारण निर्मणको गतिविधि गर्नु पर्ने समयमा गति बढाउन नसेको बताए। उनले मूल्य समायोजन मार्गदर्शन तत्काल जारी गर्न माग समेत गरे।

यस्तै, महासंघले आउँदो १३ गते मंगलबारदेखि आफ्ना ७७ जिल्ला संघहरुले जिल्ला प्रशासन कार्यालय र ७ वटै प्रदेश महासंघहरुले मुख्यमन्त्रीको कार्यालयमा प्रत्यक दिन एक घण्टा धर्ना गर्ने पनि जानकारी दिएका छन्।

महासंघले बिहीबार ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय र  कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा पनि एक घण्टा धर्ना दिएका थिए। निर्माण व्यवसायीहरुले निर्माण उद्योगमा पछिल्लो समय निर्माण सामाग्रीहरुमा भएको अत्याधिक मूल्यवृद्धि, सार्वजनिक खरिदे नियमावलीको एघारौं संशोधनका केही त्रुटिपूर्ण बुँदा, बीमा निर्देशिका २०७८ का प्रवाधानलगायतका कारण निर्माण व्यवसाय धराशायी बन्दै गएको भन्दै गुनासो गर्दै आएका छन्। 


प्रकाशित : शनिबार, वैशाख १० २०७९०८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend