सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नौ महिनामा ८१ हजार इन्डक्सन चुलो आयात 

शनिबार, वैशाख १० २०७९
नौ महिनामा ८१ हजार इन्डक्सन चुलो आयात 

पछिल्लो समय विद्युतीय चुलोको बिक्री बढ्दै गइरहेको छ। नेपालमा भूकम्प गएपछि चीनबाट इन्डक्सन चुलो आएपछि आमजनतामा यसको उपयोगिता बारेमा सचेतना बढेको थियो। 

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ८१ हजार ३८२ वटा इन्डक्सन चुलो आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चैतसम्म १७ करोड ५४० रुपैयाँको बिजुलीबाट चल्ने चुलो आयात भएको हो। 

पछिल्लो समय नेपालमा इन्धनको आयात बढ्दै गएपछि बिजुलीको उपयोगिता बारेमा चर्चा सुरु भएको छ। खाना पकाउने ग्यासको खपत बिजुलीबाट विस्थापित गर्ने बारेमा मन्त्रीहरूले पनि भाषण गर्दै हिँडेका छन्। 

विद्युतीय चुलोको प्रयोग बढाएर खाना पकाउने ग्यासको आयात घटाउन सकिने बारेमा ऊर्जा मन्त्रालयदेखि नेपाल विद्युत प्राधिकरणसम्मले अध्ययन पनि गराउँदै आएका छन्। सरकारले करमा छुट दिनुपर्नेदेखि अनुदानसम्मका विकल्पमा छलफल भइरहेको छ। 

पछिल्लो समय विद्युतीय चुलोको बिक्री बढ्दै गइरहेको छ। नेपालमा भूकम्प गएपछि चीनबाट इन्डक्सन चुलो आएपछि आमजनतामा यसको उपयोगिता बारेमा सचेतना बढेको थियो। 

यद्यपि अहिलेको आयात पनि उल्लेखनीय भने होइन। नेपालमा ६७ लाख परिवार छन्। त्यसमध्ये ७० प्रतिशतभन्दा बढी परम्परागत इन्धनकै खपत  गर्ने गरेका छन्। पछिल्लो समय गाउँगाउँमा बिजुली प्रसार भएपनि खाना पकाउने ग्यास पनि पुगेको छ। बिजुलीसँगै इन्डक्सन चुलो पुग्नुपर्ने भएपनि ग्यासको सिलिन्डर पुग्ने गरेको छ। 

बिजुलीबाट चल्ने चुलो बाहेक अन्य सामग्रीको आयात पनि उल्लेखनीय छ। २ लाख ९६ हजार राइस कुकर, ९ लाख विद्युतीय किट्ली, जग आयात भएको छ। भान्साबाट परम्परागत इन्धन तथा खनिज इन्धन प्रतिस्थापन गर्नका लागि बिजुलीबाट चल्ने सामग्रीको खपत बढाउनुपर्ने भएपनि विश्वसनीय बिजुली प्रसारण प्रणाली अभाव छ।


प्रकाशित : शनिबार, वैशाख १० २०७९०२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend