मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

व्यवसायी पौडेल सम्मानित

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
व्यवसायी पौडेल सम्मानित

७ औं संविधान दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजले व्यवसायी शशी पौडेललाई समान गरेको छ। पौडेलले रुपन्देहीको तिलोत्तमामा गाई पालन गर्दै आएका छन्।

काठमाडौं- ७ औं संविधान दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजले व्यवसायी शशी पौडेललाई समान गरेको छ। पौडेलले रुपन्देहीको तिलोत्तमामा गाई पालन गर्दै आएका छन्।

पौडेल नेपालकै ठूलो गाई फार्मका सञ्चालक हुन्। उनको फार्ममा ५ सयभन्दा बढी गाई छन्। पौडेलको गाई फार्मबाट दैनिक ३ हजार लिटर दूध उत्पादन हुन्छ।

नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा भएको कार्यक्रममा उनलाई सम्मान गरिएको हो। पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पौडेल सम्मानित भएका हुन्।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, नेताहरू अर्जुन नरसिंह केसी, रामकृष्ण कर्माचार्य, राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेशजंग कुँवरलगायतको उपस्थिति रहेको थियो।


प्रकाशित : सोमबार, असोज ४ २०७८११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend