आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

मूल्यवृद्धि नियन्त्रण र एघाराैं संशाेधन सच्याउन माग गर्दै महासंघकाे धर्ना

images
बिहीबार , वैशाख ८ २०७९
images
मूल्यवृद्धि नियन्त्रण र एघाराैं संशाेधन सच्याउन माग गर्दै महासंघकाे धर्ना

मूल्यवृद्धि नियन्त्रण नभएसम्मको अवधिलाई गणना हुने गरी सरकारले ‘निर्माण होलिडे’ घोषणा गर्नुपर्ने माग महासंघको छ।

images
images

काठमाडाैं- नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृदि, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौ संसोधनमा रहेका त्रुटि तथा बीमा निर्देशिका परिमार्जनलगायतको बिरोधमा धर्ना सुरु गरेका छन्। 

images
images
images

महासंघले बिहीबार सार्वजिनक खरिद अनुगमन कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका हुन्। 

images
images

महासंघद्वारा गत चैत १५ गते आयोजित पत्रकार सम्मेलनमै निर्माण सामाग्रीमा भएको शतप्रतिशत मूल्यवृद्धिसँगै बजारमा तिनको अभाव र कालोबजारी समेत सुरु भएको अध्यक्ष सिंहले बताएका थिए। उनले त्यति बेलै सरकारले उक्त माग सम्बाेधन नगरे आन्दाेलन गर्न बाध्य हुने चेतावनी समेत दिएका थिए।  

images
images

मूल्यवृद्धिको समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम सबै आयोजनाहरूमा व्यावसायीले मूल्यवृद्धि पाउने गरी २०६५ को जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मागदर्शन नं.२ तुरुन्त जारी गर्नुपर्ने महासंघको माग रहेको छ।

मूल्यवृद्धि नियन्त्रण नभएसम्मको अवधिलाई गणना हुने गरी सरकारले ‘निर्माण होलिडे’ घोषणा गर्नुपर्ने माग महासंघको छ।

सार्वजनिक खरिद  नियमावली, २०६४ को एघारौं संशोधनको त्रुटि सच्याएर मुलुकको निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन पनि महासंघले आग्रह गर्दै आएको छ। 


प्रकाशित : बिहीबार , वैशाख ८ २०७९०६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend