सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हरेक सङ्कट अवसर लिएर आउँछ भन्दै कोभिड–१९ सङ्कटलाई हरियाली, सुरक्षित र थप दिगो बङ्गालको खाडी क्षेत्रको प्रवेशद्वार बनाउनुपर्ने बताए।

काठमाडौं-  नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षामा जोड दिएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले श्रव्यदृश्यका माध्यमबाट आज भएको उक्त बैठकमा बिम्स्टेक मुलुकका करिब एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेका गम्भीर समस्यालाई सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासहरूमा स्पष्टता र उद्देश्यमा इमानदारी अत्यन्त महत्वपूर्ण भएको बताइन्।  

सदस्य राष्ट्रका अर्थतन्त्रबीच सबै पक्षमा बढेको अन्तरसम्बन्धले क्षेत्रीय सहयोगको भावनालाई वास्तविक रुपमा अगाडि बढाउन मद्दत मिल्ने उनले बताइन्। काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनमा बिम्स्टेक ‘ग्रिड इन्टरकनेक्सन’ स्थापनाका लागि भएको समझदारीको चर्चा गर्दै  उनले भनिन्, “ऊर्जा व्यापार एउटा महत्वपूर्ण विषय हो यसले हाम्रा देशहरूमा बिजुलीको बर्बादी र ऊर्जा अभावको जोखिमलाई कम गर्न सक्छ ।”

ऊर्जा सधैँ बिम्स्टेक प्रक्रियाको महत्वपूर्ण प्राथमिकताको क्षेत्रका रुपमा रहेको तथा यस क्षेत्रमा ऊर्जा सहयोग प्रवर्द्धनका निम्ति निरन्तर प्रयास भएका बताउँदै ऊर्जा मन्त्री भुसालले अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि र उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गरेर ऊर्जा क्षेत्रमा सहकार्य, समन्वय, सहजीकरण गर्नुपर्नेमा जोड दिइन्। ज

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हरेक सङ्कट अवसर लिएर आउँछ भन्दै कोभिड–१९ सङ्कटलाई हरियाली, सुरक्षित र थप दिगो बङ्गालको खाडी क्षेत्रको प्रवेशद्वार बनाउनुपर्ने बताए। रासस


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०८:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend