बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेपाली बजारमा आफ्नो लोकप्रियता बढाउँदै एलजी वाटर प्युरिफायर

बुधबार, कात्तिक ११ २०८३
नेपाली बजारमा आफ्नो लोकप्रियता बढाउँदै एलजी वाटर प्युरिफायर

एअरटाइट ट्यांक कभर र लकिङ सिस्टमले बाहिरी धुलो तथा दूषित पदार्थ ट्यांकीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्ने कम्पनीको भनाइ छ।

काठमाडौं- एलजी वाटर प्युरिफायरले नेपाली बजारमा आफ्नो लोकप्रियता बढाउँदै लगेको छ। नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायर उपभोक्ता माझ लोकप्रिय बनेको र उत्साहजनक बिक्रीसहित बजारमा राम्रो गति हासिल गरेको कम्पनीको भनाइ छ।

उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्यांकी र विशेष मर्मतसम्भार सुविधाको संयोजनले एलजी वाटर प्युरिफायरलाई प्रतिस्पर्धी बजारमा फरक पहिचान दिलाएको छ।

एलजी वाटर प्युरिफायर मा सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलेन्ट ट्रिटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स ओस्मोसिस (आरओ) तथा मिनरल बुस्टर/पोस्ट-कार्बन फिल्ट्रेसनसहितको मल्टि-स्टेज प्युरिफिकेसन सिस्टम रहेको छ, जसले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।

८ लिटर क्षमताको ट्यांकी छ भने एअरटाइट ट्यांक कभर र लकिङ सिस्टमले बाहिरी धुलो तथा दूषित पदार्थ ट्यांकीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्ने कम्पनीको भनाइ छ।

एलजी वाटर प्युरिफायरको अर्को प्रमुख विशेषता '२ फ्री मेन्टेनेन्स' सुविधा हो, जसअन्तर्गत पहिलो वर्षमा दुई पटक निःशुल्क सेड्युल्ड एन्ड अटोमेटेड सर्भिस भिजिट, दुई पटक कन्ट्याक्टलेस मेन्टेनेन्स सहित डिजिटल स्टेरिलाइजेसन केयर तथा दुई पटक आउटसाइड सेडिमेन्ट फिल्टर्स उपलब्ध छन्।

दसैँतिहार तथा छठको उपलक्ष्यमा उपलब्ध आकर्षक चाडपर्व अफर र शून्य ईएमआई किस्ताबन्दी सुविधा कम्पनीले ल्याएको छ। गुणस्तरीय उत्पादनसँगै खरिदपछिको सेवामा दिइएको यो सुविधाले ग्राहकलाई थप सहजता र विश्वास प्रदान गरेको कम्पनीको भनाइ छ।


प्रकाशित : बुधबार, कात्तिक ११ २०८३१३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend