काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
स्थानीय बजारमा मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला १० रूपैयाँले बढेर प्रतितोला ३ हजार ९८० रूपैयाँ कायम छ।