काठमाडौं- स्नो रिभर्स लिमिटेडको सामूहिक लगानी कोषतर्फ छुट्याइएको साधारण सेयरको लक-इन अवधि आगामी मंसिर ११ गते समाप्त हुने भएको छ।
कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको कुल साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात् ४६ हजार ८७५ कित्ता सेयर ६ महिनाका लागि लक-इनमा राखेको थियो।
उक्त सेयर सर्वसाधारणमा सेयर बाँडफाँट भएको मिति २०८३ जेठ १२ गतेदेखि लागू हुने गरी लक-इनमा राखिएको हो। सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम निर्धारित ६ महिनाको अवधि पूरा भएपछि मंसिर ११ गतेदेखि उक्त सेयरको लक-इन समाप्त हुनेछ।
लक-इन अवधि समाप्त भएसँगै सामूहिक लगानी कोषहरूले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री गर्न सक्नेछन्। यद्यपि, लक-इन अवधि सकिनु भनेको सबै सेयर तत्काल बिक्रीमा आउने भन्ने होइन।