बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेरुडे मिर्मिरे लघुवित्तको आम्दानी खुम्चियो, निष्क्रिय कर्जा २१ प्रतिशत नाघ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ११ २०८३
नेरुडे मिर्मिरे लघुवित्तको आम्दानी खुम्चियो, निष्क्रिय कर्जा २१  प्रतिशत नाघ्यो

संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ करोड ७९ लाख ९९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५ करोड ५३ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो।

काठमाडौं- नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ।

संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ करोड ७९ लाख ९९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५ करोड ५३ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी २८.३६ प्रतिशतले घटेर २८ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४० करोड ३३ लाख रुपैयाँ थियो। खुद शुल्क तथा कमिसन आम्दानी भने १७.८४ प्रतिशतले बढेर ४ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी घटेसँगै संस्थाको कुल सञ्चालन आम्दानी २४.३८ प्रतिशतले घटेर ३३ करोड ३५ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, सञ्चालन खर्च बढेर ३३ करोड ७ लाख रुपैयाँ पुगेको छ। इम्पेरमेन्ट चार्जसमेत ८ करोड ८३ लाख रुपैयाँबाट बढेर १० करोड २७ लाख रुपैयाँ पुगेपछि संस्थाको सञ्चालन मुनाफा ३ करोड ७ लाख रुपैयाँ ऋणात्मक भएको छ।

संस्थाको वित्तीय अवस्थामा निष्क्रिय कर्जाको दबाब पनि बढेको देखिन्छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५.७० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको असोज मसान्तमा बढेर २१.७३ प्रतिशत पुगेको छ। त्यस्तै, कर्जा तथा निक्षेप अनुपात १०७.७२ प्रतिशत रहेको छ।

घाटामा गएसँगै संस्थाको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १ पैसा ऋणात्मक भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १५ रुपैयाँ ८४ पैसा थियो। संस्थाको वितरणयोग्य मुनाफा १५ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। 

१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १३ करोड ३७ लाख ७० हजार रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा संस्थाले ७ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ४५ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा संस्थाको कुल सम्पत्ति २१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।


प्रकाशित : बुधबार, कात्तिक ११ २०८३११:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend