बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कामना सेवा विकास बैंकले पहिलो त्रैमासमा कमायो २३ करोड ११ लाख रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ११ २०८३
कामना सेवा विकास बैंकले पहिलो त्रैमासमा कमायो २३ करोड ११ लाख रुपैयाँ

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १६.९९ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा २३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १६.९९ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र शुल्क तथा कमिसन आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सहयोग गरेको देखिन्छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४३ प्रतिशतले बढेर ६२ करोड ६४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ३०.५८ प्रतिशतले बढेर ११ करोड २ लाख रुपैयाँ पुगेको छ।

यद्यपि बैंकको कुल सञ्चालन आम्दानी भने १.१३ प्रतिशतले घटेर ७४ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। तर, सञ्चालन मुनाफा १९.०२ प्रतिशतले बढेर ३३ करोड ८७ लाख रुपैयाँ पुगेको छ। खराब कर्जाका लागि छुट्याउनुपर्ने रकम घट्दा पनि बैंकको नाफामा सकारात्मक प्रभाव परेको छ। समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज ११ करोड ६ लाख रुपैयाँबाट घटेर ४ करोड ९४ लाख रुपैयाँमा झरेको छ।

नाफा बढेसँगै बैंकको वितरणयोग्य मुनाफा पनि १२.५३ प्रतिशतले बढेर १५ करोड २१ लाख रुपैयाँ पुगेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात गत आर्थिक वर्षको पहिलो त्रैमासको ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६७ पैसाले बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ। त्यस्तै, वितरणयोग्य प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा रहेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.५८ गुणा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा रहेको छ।

४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा तथा सञ्चित कोषमा २ अर्ब ३८ करोड ८३ लाख रुपैयाँ रहेको छ। बैंकले असोज मसान्तसम्ममा ६७ अर्ब ९० करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

kamana sewa bikash bank.png


प्रकाशित : बुधबार, कात्तिक ११ २०८३११:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend