काठमाडौं- एक्स्ट्रिम इनर्जी ड्रिंकको ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत शेर मल्लले चाँदीको बल पुरस्कार जितेका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्ने योजना ल्याएकोमा मल्ल यसको पहिलो विजेता बनेका हुन्।
एनपीएलका आठ टोलीमध्ये एक्स्ट्रिमसँग प्रायोजन साझेदारीमा रहेका सात टोलीका खेलाडी यस पुरस्कारका लागि योग्य हुनेछन्। एक्स्ट्रिम प्रायोजित दुई टोलीबीचको खेलमा दुवै टोलीका उत्कृष्ट खेलाडीले चाँदीको बल प्राप्त गर्नेछन्।
सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको पहिलो खेलमा शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका हुन्।