काठमाडौं- नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।
यसअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले ५९९ रूपैयाँमा उक्त प्याकेज खरिद गर्न सक्नेछन्। यसअन्तर्गत ३३३ मिनेट अल-नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ।
आज (२०८३ कात्तिक १०) देखि आगामी २०८३ मंसिर ५ गतेसम्म प्याकेज खरिद गर्न सकिने छ। सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ।
‘एनपीएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्नका लागि मोबाइलबाट *१४१५*९# डायल गर्न सकिने छ।
नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिन्छ।