बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

तीन महिनामा रोजगारीका लागि २ लाख ४ हजार २ सय ८ युवा विदेशिए

मंगलबार, कात्तिक १० २०८३
तीन महिनामा रोजगारीका लागि २ लाख ४ हजार २ सय ८ युवा विदेशिए

विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा तीन महिनामा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा १.७१ प्रतिशतले बढेको हो।

काठमाडौं- चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा २ लाख ४ हजार २ सय ८ जना वैदेशिक रोजगारीमा गएका छन्। 

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउन, भदौ र असोजमा गरी २ लाख ४ हजार २ सय ८ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका हुन्। 

गत आव २०८२/०८३ को साउन, भदौ र असोजमा २ लाख ७ सय १६ जना वैदेशिक रोजगारीमा गएका थिए। विभागले सार्वजनि गरेको तथ्यांकअनुसार गत आवको तुलनमा चालु आवको तीन महिनामा रोजगारीका लागि बाहिरिने युवाको संख्यामा केही वृद्धि आएको छ।

विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा तीन महिनामा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा १.७१ प्रतिशतले बढेको हो। 

विभागका अनुसार चालु आवको असोजमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ७३ हजार ७ सय ६५ रहेको छ। गत आवको असोजमा वैदेशिक रोजगारीका जाने युवाको संख्या ६४ हजार ६ सय ३४ जना रहेको थियो। 

विभागका अनुसार चालु आवको साउनमा ७० हजार ४ सय ४१ र भदौमा ६० हजार २ जना युवा रोजगारीका लागि बाहिरिएका छन् भने गत आवको साउनमा ६८ हजार १ सय १० र भदौमा ६७ हजार ९ सय ७२ युवा रोजगारीका लागि विदेश गएका थिए।


प्रकाशित : मंगलबार, कात्तिक १० २०८३१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend