बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

वैदेशिक रोजगार ठगीका फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

मंगलबार, कात्तिक १० २०८३
वैदेशिक रोजगार ठगीका फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

वैदेशिक रोजगारसम्बन्धी ठगीका मुद्दामा पक्राउ पुर्जी जारी भएका तर सम्पर्कमा नआएका व्यक्तिलाई वैदेशिक रोजगार विभागले ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

काठमाडौं- वैदेशिक रोजगारसम्बन्धी ठगीका मुद्दामा पक्राउ पुर्जी जारी भएका तर सम्पर्कमा नआएका व्यक्तिलाई वैदेशिक रोजगार विभागले ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई पक्राउ पुर्जी जारी गरिएका व्यक्तिलाई विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन भनेको हो।

तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा बैंकिङ कारोबार रोक्का गर्नेलगायतका कारबाही अघि बढाइने विभागले जनाएको छ।

वैदेशिक रोजगारका नाममा झुटा आश्वासन दिने, अनधिकृत रूपमा रकम असुल्ने, नक्कली मागपत्र पेस गर्ने तथा करारसम्बन्धी अनियमितता गर्ने गतिविधिबाट श्रमिक र तिनका परिवार आर्थिक तथा सामाजिक रूपमा प्रभावित हुँदै आएका छन्।

यस्ता ठगीका घटनामा पीडितलाई न्याय दिलाउने र कानुनी प्रक्रियालाई टुंगोमा पुर्‍याउने उद्देश्यले विभागले फरार आरोपितलाई सम्पर्कमा ल्याउन सार्वजनिक सूचना जारी गरेको हो।

विभागको यस कदमले वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरीमा अनुसन्धान तथा मुद्दासम्बन्धी प्रक्रिया अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रकाशित : मंगलबार, कात्तिक १० २०८३१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend