बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एनपीएल सिजन ३ प्रत्यक्षरुपमा डिशहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्न पाइने

सोमबार, कात्तिक ९ २०८३
एनपीएल सिजन ३ प्रत्यक्षरुपमा डिशहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्न पाइने

दुई खेल हुने दिनमा खेलहरू दिउँसो १२:३० बजे र साँझ ५ बजेबाट प्रत्यक्ष प्रसारण हुनेछन्।

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिशहोम डीटीएच तथा आईपीटीभी मार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ।

डिशहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कबिना हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने छन्। खेल हेर्नका लागि ग्राहकको सदस्यता एक्टिभेट हुनुपर्नेछ।

सदस्यता अवधि समाप्त भएका ग्राहकहरूले खल्ती तथा इसेवामार्फत सजिलै रिचार्ज गरी खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। दुई खेल हुने दिनमा खेलहरू दिउँसो १२:३० बजे र साँझ ५ बजेबाट प्रत्यक्ष प्रसारण हुनेछन्।

क्रिकेटप्रेमी दर्शकहरूले डिशहोममार्फत एनपीएल सिजन ३ का प्रत्येक रोमाञ्चक क्षण, चौका, छक्का र विकेटको आनन्द घरमै बसेर लिन सक्नेछन्।


प्रकाशित : सोमबार, कात्तिक ९ २०८३१८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend