बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू०५

सोमबार, कात्तिक ९ २०८३
सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू०५

सार्वजनिक भएको छोटो अवधिमै चर्चित व्यक्तित्वहरूको रोजाइ बन्नु नेभोका लागि उत्साहजनक सुरुवात भएको कम्पनीको भनाइ छ।

काठमाडौं- सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू०५ नेपाली मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको रोजाइ बन्न थालेको छ। गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा तथा जसिता गुरुङले गाडीको डेलिभरी लिएसँगै यो विद्युतीय एसयूभीप्रति थप चासो बढेको छ।

आफ्नो प्रतिभा, शैली र विशिष्ट पहिचानमार्फत दर्शकको मन जितेका यी सेलिब्रिटीको छनोटले नयाँ ब्रान्डप्रतिको विश्वासलाई बल दिएको कम्पनीले जनाएको छ। उनीहरूको रोजाइले चांगान नेभो क्यू०५ को ‘ए क्लास अबभ’ अर्थात् ‘आफ्नो श्रेणीभन्दा एक कदम माथि’ भन्ने नारालाई परिचित अनुहार र वास्तविक प्रयोगसँग जोडेको कम्पनीको भनाइ छ।

नेभोको सार्वजनिक विवरणअनुसार चांगान नेभो क्यू०५ मा बाहिरी आकार छरितो भए पनि २,७३५ मिलिमिटर ह्विलबेस र ८६.६ प्रतिशत भित्री स्थानको उपयोगका कारण फराकिलो क्याबिन उपलब्ध छ।

यसको डिजाइन चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिकोराको नेतृत्वमा विकसित गरिएको हो। सन्तुलित बनावट, ‘डिजिटल विङ २.०’ लाइटिङ छ भने प्रविधिमा पनि क्यू०५ ले आफ्नो स्थान बनाएको छ।

यसमा सीएटीएल ब्याट्री सेलसँग चांगानको ‘गोल्डेन शिल्ड ब्याट्री २.०’ प्रविधि प्रयोग गरिएको छ। उपयुक्त अवस्थामा करिब १५ मिनेटमै ब्याट्री ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। १२० किलोवाट मोटर, १४.६ इन्च टचस्क्रिन र वायरलेस स्मार्टफोन कनेक्टिभिटी छ।

सार्वजनिक भएको छोटो अवधिमै चर्चित व्यक्तित्वहरूको रोजाइ बन्नु नेभोका लागि उत्साहजनक सुरुवात भएको कम्पनीको भनाइ छ। 


प्रकाशित : सोमबार, कात्तिक ९ २०८३१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend