बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेप्से परिसूचक सामान्य घट्यो, ४ अर्ब २४ लाख रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ९ २०८३
नेप्से परिसूचक सामान्य घट्यो, ४ अर्ब २४ लाख रुपैयाँको कारोबार

आज सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९.८२ बिन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंकले घटेको छ।

काठमाडौं- साताको पहिलो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ।

आज सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९.८२ बिन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंकले घटेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८८ करोड ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ३४१ कम्पनीका १ करोड ३३४ लाख ३७ हजार कित्ता सेयर किनबेच भएका छन्। कुल ३८ हजार ७८८ पटकको कारोबारबाट ४ अर्ब २४ लाख २१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

यस दिन बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्य सर्वाधिक १४.९९ प्रतिशत बढेको छ। माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य ५ प्रतिशत बढेको छ। कारोबारमा आएको चिरख्वा हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ७.९२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशत बढेको छ। त्यस्तै,उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत घटेको छ।


प्रकाशित : सोमबार, कात्तिक ९ २०८३१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend