मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा, ७ अर्बका आयोजना प्रभावित

मंगलबार, वैशाख ६ २०७९
बाँकेमा ‘निर्माण होलिडे’ घोषणा, ७ अर्बका आयोजना प्रभावित

उनले ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक भएकाले व्यवसायी घाटामा जान थालेको उल्लेख गरे।

नेपालगञ्ज- बाँके निर्माण व्यवसायी संघले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ। निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका छन्।

यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब ७ अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी संघका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिए। उनले ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक भएकाले व्यवसायी घाटामा जान थालेको उल्लेख गरे। 

'पहिले गरिएको ठेक्कामा अहिले काम गर्ने अवस्था छैन, त्यसैले बाध्य भएर निर्माण होलिडे घोषणा गरेका हौँ', अध्यक्ष खड्काले भने। सबैभन्दा बढी डिजेलमा २५ प्रतिशत, इँटामा ३३ प्रतिशत र फलाममा २४ प्रतिशत मूल्यवृद्धि भएको व्यवसायीले जनाएका छन्।

संघका लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश चन्दले कतिपय व्यवसायीले साम्रगी खरिद गर्न नसकेकाले तनाव झेल्नुपरेको उल्लेख गर्दै अन्तिम विकल्पका रूपमा यो अवस्था आएको बताए।

संघले निर्माण सामग्रीको जिल्लामा तोकिएको दररेट समायोजन गर्न, मूल्यवृद्धिलाई राहत हुने गरी निर्देशिका ल्याउन, निर्माण पूरा हुने म्याद थप गर्न माग गरेको छ। कतिपय व्यवसायीले कामका लागि कच्चा पदार्थसमेत नपाइएको र पछिल्लो भुक्तानीसमेत नपाइएको गुनासो गरेका छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend