काठमाडौं- एसियन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
कम्पनीको सञ्चालक समितिको २२३औँ बैठकले उनको राजीनामा आगामी कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।
कम्पनीका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।
सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कात्तिक १० गतेदेखि नै लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। यससँगै कात्तिक १० गतेदेखि एसियन लाइफको नेतृत्व होमबहादुर श्रेष्ठले सम्हाल्ने भएका छन्।