बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सामाजिक सञ्जालबाटै करोडौं आम्दानी

शुक्रबार, कात्तिक ६ २०८३
सामाजिक सञ्जालबाटै करोडौं आम्दानी
अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ।
 
तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका२ घोचेखोलाका युवा नेत्रप्रसाद भुसाल ।
 
भुसाल आज केवल सामाजिक सञ्जालमा चर्चित अनुहार होइनन्। युट्युब, फेसबुक र टिकटकलाई आफ्नो कर्मथलो बनाएका उनलेले यही माध्यमबाट राम्रो आम्दानीसँगै देशविदेशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्।
टिकटकमा उनलेलाई चिन्ने ‘टिकटक स्टार नेत्र भुसाल’ भनेर चिनाउँछन्।
 
युट्युबमा उनलेका लाखौँ ‘सब्सक्राइबर’ छन् भने फेसबुकमा दुई लाख ५० हजारभन्दा बढी फलोअर रहेको उनले बताए। टिकटकमा भने करिब २० लाख ‘फलोअर’ छन्। सामाजिक सञ्जालमा बनाएको यही ठूलो दर्शक सञ्जाल अहिले उनलेको आर्थिक सफलताको आधार बनेको छ 
 
किशोरावस्थामै बाबुको निधन भएपछि उनको परिवारमा आर्थिक संकट थपियो। बाबुको मृत्यु भएपछि घरको जिम्मेवारी र भविष्यको चिन्ताले नेत्रलाई पनि छोयो। पढाइ कसरी अघि बढाउने? भाइबहिनीको शिक्षालाई कसरी निरन्तरता दिने? परिवारको आर्थिक अवस्था कसरी सुधार्ने? यस्ता प्रश्न उनलेका अगाडि उभिए तर समस्याले उनलेलाई रोक्न सकेन।
 
एसइई दिएपछि पाएको करिब तीन महिनाको समयलाई सदुपयोग गर्दै उनलेले युट्युब च्यानल सुरु गरे । अरूले मनोरञ्जनका रूपमा प्रयोग गरिरहेको इन्टरनेट र सामाजिक सञ्जाललाई उनलेले सम्भावनाको रूपमा हेर्न थाले। ‘सामाजिक सञ्जालबाट पनि आम्दानी गर्न सकिन्छ’ भन्ने कुरा बुझेपछि उनी त्यसतर्फ अझै गम्भीर भएर लाग ।
 
सामाजिक सञ्जालमा नेत्रको यात्रा टिकटकबाट मात्र सुरु भएको होइन। उनले सुरुमा युट्युबमा टेकसम्बन्धी सामग्री र ब्लगिङ थाले। युट्युबका विभिन्न क्रियटरबाट प्रभावित भएर उनलेले टेक र ब्लगिङ च्यानल सुरु गरेको बताए । सुरुआती दिनमा दर्शक कम थिए, मिहेनतअनुसारको परिणाम पनि तत्काल देखिएन तर पनि उनलेले निरन्तरता दिन छौडेन्।
 
युट्युब च्यानल ‘मनिटाइज’ भएपछि पहिलोपटक आम्दानी हात पर्दा आफू निकै खुसी भएको उनले बताए। त्यसपछि सामाजिक सञ्जाललाई केवल रुचिको विषय नभई व्यावसायिक सम्भावनाको क्षेत्रका रूपमा बुझ्न थाले। फेसबुकमा पनि सक्रियता बढाए। त्यसपछि टिकटकमा प्रवेश गरे। छोटा भिडियो, लाइभ स्ट्रिमिङ र दर्शकसँगको प्रत्यक्ष संवादले उनलेको लोकप्रियता विस्तारै बढाउँदै लग्यो।
 
सन् २०१९ बाट उनलेले टिकटकमा नियमित लाइभ बस्न थाले। सुरुमा प्रयोगका रूपमा सुरु भएको लाइभ स्ट्रिमिङपछि उनलेको आम्दानीको महत्वपूर्ण माध्यम बन्यो। टिकटक लाइभमा दर्शकले पठाउने डिजिटल गिफ्ट नै आफ्नो मुख्य आम्दानीको स्रोत रहेको नेत्र बताए।
 
उनलेका अनुसार अहिले मासिक रूपमा करिब पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको  । अहिलेसम्म सामाजिक सञ्जालबाट करिब सात करोड रुपैयाँको हाराहारीमा आम्दानी गरेको उनलेको दाबी छ।
 
'लाइभमा बसेर दर्शकसँग जोडिन्छु। दर्शकले दिने गिफ्ट नै मेरो मुख्य आम्दानीको स्रोत हो,'उनले भन्नुहुन्छ, 'सामाजिक सञ्जाललाई सही ढङ्गले प्रयोग गर्न सक्ने हो भने यसबाट राम्रो आम्दानी गर्न सकिन्छ।' दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म गरी करिब चार घण्टा उनले टिकटक लाइभमा बस्ने गर्छन । नियमित लाइभ होस्टिङका कारण उनले टिकटकको लोकप्रिय ‘लाइभ होस्ट’का रूपमा स्थापित भए।
 
कुनै समय परिवारको आर्थिक अवस्था कसरी सुधार गर्ने भन्ने चिन्तामा रहेका नेत्र अहिले आफ्नै कमाइबाट भौतिक रूपमा पनि स्थापित भएका छन्। सन्धिखर्कमा आकर्षक डिजाइनको घर निर्माण गरेका उनलेले आवतजावतका लागि गाडीसमेत किनेका छ।
 
केही महिनाअघि काठमाडौंको बुढानीलकण्ठमा करिब चार करोड रुपैयाँमा घर खरिद गरेको पनि उनले बताए तर उनले आफ्नो सफलतालाई घर, गाडी र पैसामा मात्र सीमित गर्न चाहदैन्।
 
उनलेका लागि सामाजिक सञ्जालले आर्थिक आम्दानीसँगै नाम, सम्मान र पहिचान पनि दिएको छ। 'सोसल मिडियाले पैसा मात्र दिएको छैन, इज्जत, सम्मान र नाम पनि दिएको छ,' उनले भने, 'देश तथा विदेशमा करोडौँ दर्शकसँग जोडिन पाएको छु। त्यसैले यसलाई अझै निरन्तरता दिनेछु।' रासस
 


प्रकाशित : शुक्रबार, कात्तिक ६ २०८३०६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend