काठमाडौं- लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिद्वारा काठमाडौंको गुर्जुधारास्थित सर्भिस सेन्टरमा आयोजित एसएमएल दसैँ विशेष निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। असोज २२ देखि २६ सम्म सञ्चालन भएको क्याम्पमा २५० भन्दा बढी व्यावसायिक सवारीसाधन सहभागी भएका छन्।
कम्पनीका अनुसार व्यावसायिक सवारीसाधनका ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने तथा नियमित मर्मतसम्भारप्रति प्रोत्साहित गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको थियो। क्याम्पमा सहभागी सवारीसाधनको प्राविधिक जाँच, सर्भिसिङ तथा आवश्यक मर्मतसम्भारसम्बन्धी सेवा प्रदान गरिएको थियो।
क्याम्पअन्तर्गत ग्राहकलाई लेबर चार्जमा ५० प्रतिशत, लुब्रिकेन्ट्समा १५ प्रतिशत तथा स्पेयर पार्ट्समा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको थियो। साथै, ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था पनि गरिएको थियो।
यी सुविधाले ग्राहकलाई आफ्नो सवारीसाधनको नियमित सर्भिसिङ गराउन तथा आवश्यक मर्मतसम्भारमा सहयोग पुर्याएको कम्पनीको भनाइ छ।
नेपालमा एसएमएलका व्यावसायिक सवारीसाधनको एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सवारीसाधन बिक्रीसँगै बिक्रीपछिको सेवा, प्राविधिक सहयोग तथा वास्तविक स्पेयर पार्ट्समार्फत ग्राहकलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ।