बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

बिहीबार , असोज २९ २०८३
कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

बैंकले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले कोशी अस्पताललाई सहयोग गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको हो।

अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरुलाई स्वच्छ, सुरक्षित एवं चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अस्पतालमा आउने सेवाग्राहीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा कोशी अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बैंकले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रकाशित : बिहीबार , असोज २९ २०८३१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend