सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टेलिकमले सार्वजनिक गर्‍यो स्प्रिङ अफर, कुन सेवाको कति शुल्य?

आइतबार, वैशाख ४ २०७९
टेलिकमले सार्वजनिक गर्‍यो स्प्रिङ अफर, कुन सेवाको कति शुल्य?

काठमाडौं- नेपाल टेलिकमले स्प्रिङ अफर सार्वजनिक गरेको छ। टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइसे स्प्रिङ अफर सार्वजनिक गरेको छ।

यो अफर बैशाख ५ गतेदेखि लागु हुने टेलिकमले जनाएको छ। कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ।

९ सय ९९ रुपैयाँ र  १ हजार ४ सय ९९ रुपैयाँ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने अफर ल्याएको हो। यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा प्याक अवधिमा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ।

कम्पनीका नेटवर्कबाट कुनैपनि नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २ सय ६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक  ५ सय ५० मा उपलब्ध हुने टेलिकमले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख ४ २०७९१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend