बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सार्वजनिक भयो एमजी हेक्टर टमहक ईभी, पहिलो ५० खरिदकर्ताले पाउने छन् ५७ लाख ९९ हजार रुपैयाँमै

शनिबार, असोज २४ २०८३
सार्वजनिक भयो एमजी हेक्टर टमहक ईभी, पहिलो ५० खरिदकर्ताले पाउने छन् ५७ लाख ९९ हजार रुपैयाँमै

कम्पनीका अनुसार पहिलो ५० जना ग्राहकले उक्त मूल्यमा टमहक ईभी खरिद गर्न पाउने छन्। त्यसपछि भने टमहकको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीको भनाइ छ।

काठमाडौं- जेएसडब्लू एमजी मोटर इन्डियाले उत्पादन गरेको एमजी हेक्टर टमहक ईभी नेपाली बजारमा सार्वजनिक भएको छ। जेएसडब्लू एमजी इन्डियाको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले शनिबार उक्त विद्युतीय एसयूभी सार्वजनिक गरेको हो। 

जीओ अटोमोबाइल्सले टमहक ईभीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ। कम्पनीका अनुसार पहिलो ५० जना ग्राहकले उक्त मूल्यमा टमहक ईभी खरिद गर्न पाउने छन्। त्यसपछि भने टमहकको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीको भनाइ छ। 

कम्पनीले यसअघि नै टमहक ईभीको बुकिङ खुलाएको थियो। मूल्य घोषणा भएसँगै अब आधिकारिक रूपमा बिक्री सुरू भएको र बुकिङ गरेका ग्राहकहरुले डेलिभरी पाउने छन्। ७ सिट क्षमताको यो विद्युतीय एसयूभी टमहक आकर्षक डिजाइन, लामो रेन्ज, आधुनिक प्रविधि, आधुनिक फिचरका कारण भारतमा छोटो समयमै निकै चर्चित बनेको छ।

एमजी टमहक ईभीको बम्परमा एरोडाइनामिक्स सुधार गर्न एयर भेन्ट तथा तल्लो भागमा क्रोम फिनिसको एयर ड्याम दिइएको छ। साइड प्रोफाइल निकै बक्सी देखिने टमहक ईभीमा ठूला विन्डो र परम्परागत पुल टाइप डोर ह्यान्डलसँगै १८ इन्चको ड्युअल टोन अलोय ह्वीलमा रातो ब्रेक क्यालिपर प्रयोग गरेर स्पोर्टी देखाएको छ।

टमहकको लम्बाइ ४७ सय ४५ एमएम, चौडाइ १८ सय ५० एमएम र उचाइ १७ सय ७० एमएम छ। यसमा २८ सय १० एमएम लामो ह्वीलबेस २ सय ३० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहेको छ।

टमहक ईभीको ड्यासबोर्डमा १५.६ इन्चको ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छ। यसमा १० स्पिकरको इन्फिनिटी साउन्ड सिस्टम र ८.८ इन्च डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक्नोलोजी छ।

ड्राइभर सिटमा ६ वे पावर एड्जस्टमेन्ट र अगाडिको यात्रुका लागि ४ वे पावर एड्जस्टमेन्ट दिइएको छ। अगाडिका दुवै सिट भेन्टिलेटेड छन् भने गियर सेलेक्टर स्टेरिङ कोलममा राखिएको छ।

एमजीको एडाप्ट प्लेटफर्ममा बनेको हेक्टर टमहक ईभीमा १ सय ५० किलोवाटको मोटर जडान गरिएको छ जसले ३ सय १० एनएम टर्क जेनेरेट गर्छ। यसमा ६९.२ किलोवाट आवरको ब्याट्री छ जसले एकपटकको फुलचार्जमा ५ सय १७ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ।

यो एसयूभीले ९० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ जसबाट यसको ब्याट्री ३५ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ। यसमा भेहिकल टू होम फङ्सन पनि उपलब्ध रहेको छ। सुरक्षाका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, टीपीएमएस, अगाडि र पछाडि पार्किङ सेन्सर, अल ह्वील डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा उपलब्ध छन्।

जीओ अटोमोबाइल्सले देशभर रहेका आफ्ना सर्भिस सेन्टरबाट समयमै ग्राहकलाई आवश्यक सर्भिस उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ। त्यस्तै कम्पनीले प्रतिस्पर्धी मूल्यमा स्पेयर पार्ट्स उपलब्ध गराउने र त्यसको मूल्य समेत सार्वजनिक गरिसकेको छ। 


प्रकाशित : शनिबार, असोज २४ २०८३१५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend