काठमाडौं- कामना सेवा विकास बैंक र नेपाल चिकित्सक संघको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम भएको छ।
संघका करिब ६० जनाभन्दा बढी महिला चिकित्सकहरूमा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार महिला चिकित्सकहरूको व्यावसायिक विकाससँगै उनीहरूको आर्थिक सशक्तीकरण र वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो। ज्ञान तथा सीपमूलक कार्यक्रमले सहभागीहरूलाई आफ्नो आम्दानीको उचित व्यवस्थापन, भविष्यका लागि वित्तीय योजना निर्माण तथा आर्थिक निर्णय लिन थप सक्षम बनाउने बैंकको विश्वास छ।
बैंकले वित्तीय पहुँच वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरिने बैंकको प्रतिबद्धता छ।