बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एमजी हेक्टर टमहक ईभी काठमाडौंमा, भोलि सार्वजनिक हुने

शुक्रबार, असोज २३ २०८३
एमजी हेक्टर टमहक ईभी काठमाडौंमा, भोलि सार्वजनिक हुने

एमजी टमहक ईभीमा ६९.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ। यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसले ३ सय १० एनएम टर्क जेनेरेट गर्छ भने शून्यदेखि १ सय किमी प्रतिघण्टाको गति ८.२ सेकेन्डमै तय गर्न सक्छ।

काठमाडौं- एमजी हेक्टर टमहक ईभी काठमाडौं आइपुगेको छ। भारतमा उत्पादित एमजीको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले एमजी हेक्टर टमहक ईभी नेपाल ल्याएको हो। 

भारतमा औपचारिक रूपमा सार्वजनिक भएको एमजीको नयाँ सेभेन सिटर विद्युतीय एसयूभी 'टमहक ईभी' शनिबार नेपाली बजारमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ। 

एमजी टमहक ईभीमा ६९.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ। यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसले ३ सय १० एनएम टर्क जेनेरेट गर्छ भने शून्यदेखि १ सय किमी प्रतिघण्टाको गति ८.२ सेकेन्डमै तय गर्न सक्छ। 

एक पटकको फुल चार्जमा यसले ५ सय किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। एमजी टमहक ईभी ९० किलोवाट डीसी फास्ट चार्जर प्रयोग गर्दा ३० देखि ८० प्रतिशत ब्याट्री करिब ३५ मिनेटमै चार्ज हुन्छ। 

यसमा 'भेलिकल-टु-लोड' र 'भेलिकल-टु-होम' प्रविधि समावेश छ जसले गर्दा गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरण वा घरमा समेत बिजुली आपूर्ति गर्न सकिन्छ। एमजी टमहक ईभी नेपालको सडक सुहाउँदो २ सय ३० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ। 

यसको लम्बाइ ४७ सय ४५ एमएम, चौडाइ १८ सय ५० एमएम र उचाइ १७ सय ७० एमएम छ। यसमा २८ सय १० एमएम लामो ह्वीलबेस रहेको छ। 

गाडीको बाहिरी भागमा 'इलुमिनेटेड' एमजी लोगो, आकर्षक एलईडी हेडलाइट, १८-इन्चको डुअल-टोन अलाय ह्विल र बक्सी डिजाइन रहेको छ। इन्टेरियरमा भेन्टिलेटेड फ्रन्ट सिट र प्यानोरामिक सनरुफ, १०-स्पीकरको इन्फिनिटी साउन्ड सिस्टम, २५६-कलर एम्बियन्ट लाइटिङ र ६ वटा विशेष क्याबिन मुडहरू नेप, क्याम्प, प्राइभेट मोड रहेको छ।  

सुरक्षालाई ध्यानमा राख्दै एमजी टमहक ईभीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र लेभल-२ एडास दिइएको छ। यसमा अटोमेटिक इमर्जेन्सी ब्रेक, लेन किप असिस्ट र एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षात्मक विशेषत उपलब्ध छन्। एमजी टमहक ईभीको मूल्य भने गाडी सार्वजनिक गर्दा नै घोषणा गर्ने कम्पनीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, असोज २३ २०८३१६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend