सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नयाँ बर्षको अवसरमा इसेवा मनि ट्रान्स्फरले ल्यायो रेमिटोत्सव योजना

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २ २०७९
नयाँ बर्षको अवसरमा इसेवा मनि ट्रान्स्फरले ल्यायो रेमिटोत्सव योजना

काठमाडौं-विश्वभरका दुईसय बढि मुलुबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ बर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव “रेमिटोत्सव” सार्बजनिक गरेको छ।

यो योजना बैशाख १ गतेदेखि सुरु भइ साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुनेछ। रेमिटोत्सवमा दैनिक १ जनाले ५,००० तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५०,००० को उपहार प्राप्त गर्नु हुनेछ। यस योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागु हुनेछ। 

जस अन्तर्गत विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन्। यो योजना क्यास, बैंक र वालेट ३ वटै माध्यममा रेमिट्यान्स पठाउनेको लागि लागु हुनेछ। त्यस्तै, विजेता स्वयम् उपस्थित हुन् नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनीत व्यक्तिले उपहार दावी गर्न सकिनेछ।

दैनिक विजेता हरेक हप्ताको अन्त्यमा इसेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने  इसेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटि मार्फत समेत सार्वजनिक गरिनेछ ।

 


प्रकाशित : शुक्रबार, वैशाख २ २०७९०९:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend