पोखरा- लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले पोखरामा आयोजना गरेको एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। असोज १५ गतेदेखि असोज १८ गतेसम्म सञ्चालन भएको क्याम्पमा १०० भन्दा बढी एसएमएल महिन्द्राका व्यावसायिक सवारीसाधन सहभागी भएका छन्।
क्याम्पमा गोरखालगायत आसपासका क्षेत्रका ग्राहक तथा सवारीसाधनले समेत सहभागिता जनाएका थिए।
ग्राहकलाई नियमित सर्भिसिङप्रति प्रोत्साहित गर्ने, सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्ने, आवश्यक मर्मतसम्भारबारे जानकारी उपलब्ध गराउने तथा बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले क्याम्प आयोजना गरिएको हो।
क्याम्पअन्तर्गत ग्राहकलाई श्रम शुल्कमा ५० प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा स्पेयर पार्ट्समा १५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराइएको थियो। साथै, सहभागी सवारीसाधनको प्राविधिक जाँच तथा ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।