बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कुमारी बैंकका ग्राहकलाई ठमेलस्थित रमदा अन्कोरमा २० प्रतिशतसम्म छुट

शनिबार, असोज १७ २०८३
कुमारी बैंकका ग्राहकलाई ठमेलस्थित रमदा अन्कोरमा २० प्रतिशतसम्म छुट

पारिवारिक जमघट तथा कार्यक्रमका लागि पनि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

काठमाडौं- ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट मिल्ने भएको छ।

बैंक र होटलबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले रमदा अन्कोरको होटल तथा रेस्टुरेन्टका खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

साथै, होटलका विभिन्न सेवा सुविधा लिनका लागि ग्राहकलाई किस्ताबन्दी सुविधासमेत मिल्ने छ भने र वार्षिकरूपमा न्यूनतम १५ हजार रूपैयाँ खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन्।

पारिवारिक जमघट तथा कार्यक्रमका लागि पनि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

त्यस्तै, रेस्टुरेन्टमा वार्षिक ५० हजार रूपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको रुम निःशुल्क प्राप्त गर्ने सुविधा पाउनेछन्। ग्राहकलाई लक्षित गर्दै ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।


प्रकाशित : शनिबार, असोज १७ २०८३१७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend