बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण

शनिबार, असोज १७ २०८३
कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण

१५० जना सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरिएको बैंकले जनाएको छ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले  सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सडक सुरक्षा प्रवर्द्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा १५० जना सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार दैनिक रूपमा यात्रु ओसारपसार गर्दै उर्लाबारीका सडकमा खटिने सफारी चालकहरूको सुरक्षा र सहज पहिचानलाई ध्यानमा राख्दै उक्त कार्यक्रम आयोजना गरिएको हो।

विशेषगरी कम उज्यालो, साँझको समय तथा बढी सवारी चाप हुने अवस्थामा भिजिबिलिटी ज्याकेटको प्रयोगले चालकलाई सडकमा स्पष्ट रूपमा देखिन सहयोग पुर्‍याउने र सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा बैंकले गरेको छ।


प्रकाशित : शनिबार, असोज १७ २०८३१७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend